
वैदेशिक राेजगारमा बेथिती : ६ महिनामा ६१२ जना नेपालीकाे मृत्यु
- चैत्र १०, २०७९ मा प्रकाशित

काठमाडाै । ६ महिनाको अवधीमा ६१२ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने ११४ जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्ममा वैदेशिक रोजगारीको क्रममा ६ सय १२ जनाले ज्यान गुमाएका हुन् । यो वैदेशिक रोजगार बोर्डमा प्राप्त भएको तथ्याङ्क मात्रै हो ।
६ महिनामा सबैभन्दा धेरै साउदी अरेबियामा १८५ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसपछि मलेसियामा १२३ जना, कतारमा ११७ जना नेपालीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका बोर्डले जनाएको छ ।
यस्तै यही अवधिमा यूएईमा १०४, कुवेतमा ३०, बहराइनमा १२, जोर्डनमा २, टर्कीमा २, सेसल्समा १, रोमानियामा ४ र दक्षिण कोरियामा ११ जनाको ज्यान गएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । यस्तै सोही अवधिमा साउदी अरेबियाबाट ३८ जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् भने यूएईबाट २४ जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् ।
यस्तै कतारबाट २२, मलेसियाबाट १६, कुवेतबाट ५, रोमानियाबाट २, कोरियाबाट २, पपुवान्युगिनी, माल्टा, जापान, इजरायल र क्रोएसियाबाट एक एक जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका बोर्डले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments