
रंगशाला विषयमा गालीको वर्षाले विक्षिप्त सुन्तली भन्छिन्– अब सुन्ने र सहने शक्ति छैन
- चैत्र १०, २०७९ मा प्रकाशित

काठमाडाै । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी एवं कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा आफूलाई गालीको वर्षा भइरहेको र त्यसले विक्षिप्त बनाएको दुखेसो गरेकी छन्। आफ्नो इनबक्समा नग्न तस्बिरहरूसहित विभिन्न तुच्छ गाली पठाइरहेको उनले उल्लेख गरेकी छन्।
‘धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौज सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु’, सामाजिक सञ्जालमा सुन्तलीले लेखेकी छन्, ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय! तर जे गर्छौ छिटो गर।’अबका हरेक वार्ता बन्दकोठामा होइन, खुलेआम रंगशालाको मैदानमा गरियोस् भन्ने आग्रह पनि उनले गरेकी छन्।
‘मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ, विभिन्न तुच्छ गालीको वर्षात् भइरहेको छ’, उनले लेखेकी छन्, ‘म पनि मान्छे हुँ, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग।’ केही दिनअघि उनका पति धुर्मुसले राज्यको असहयोगका कारण रंगशाला निर्माण अलपत्र परेको भन्दै भिडिओ सन्देश जारी गरेका थिए।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments