
स्ववियु चुनाव : आज मध्यरातिदेखि प्रचारप्रसार निषेध
- चैत्र २, २०७९ मा प्रकाशित

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र बनाएका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।
स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज (बिहीबार) प्रचारप्रसारको अन्तिम दिन हो । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । उम्मेदवारले आज मध्यराति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो ।
त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मस क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार तीव्र छ । केही क्याम्पसमा भर्ना विवादका कारण चुनावी प्रक्रिया रोकिएको छ । काठमाडौँ उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्व भाषा क्याम्पसमा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
स्ववियु चुनाव हुने क्याम्पसमा भने सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments