
सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री
- फाल्गुन १, २०७९ मा प्रकाशित

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् ।
आज यहाँ आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । ‘सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ’, उनले भने, ‘हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्याउने विश्वास छ ।’ उनले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताए । उनले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गरे । ‘एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ’, उनले भने, ‘यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ ।’ दोधारा–चाँदनी नगरपालिका वडा नं १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ ।
प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भू–उपयोग परिवर्तन हुने भनि प्रस्ताव गरेको छ । सुख्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपंक्षी-खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द तथा प्रशासनिक भवन निर्माण हुनेछन् ।
जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको समेत निरीक्षण गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments