![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
हरैंचा मोडल बाल क्लबद्वारा बालबालिकालाई न्यानो कपडा बितरण
- पुष ३०, २०७९ मा प्रकाशित
![](https://suchanaportal.com/wp-content/uploads/2023/01/323357199_867524874571682_576076594252644142_n.jpg)
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका १ स्थित हरैंचा मोडल बाल क्लबको आयोजना तथा पाथीभरा तयारी पोसाक बिराटनगरको प्राविधिक सहयोगमा बिपन्न बालबालिकाहरूलाइ न्यानो कपडा बितरण गरिएको छ । हरैंचा मोडल सेकेन्डरी इङलिस बोडिर्ङ स्कुलमा अध्यन्नरत बिद्यार्थिहरूले खाजा खर्चबाट जोगाएर जम्मा गरेको रकमले खरिद गरिएको न्यानो कपडा सुन्दरहरैंचा नपा १ अन्तरगत सुर्य ज्योती आधारभुत बिद्यालयका साना बिद्यार्थी बालबालिकाहरूलाइ बितरण गरेको हो । सो बिद्यालयमा अध्यन्नरत बिपन्न बालबालिकाहरूलाइ जाडोमा लगाउने ३१ वटा ट्रयाकसुट बितरण गरिएको हो ।
जाडोमा बालबालिकाहरू अति प्रभावित हुने गरेको र बिभिन्न रोगको शिकार बन्नुपरेको तथ्यलाइ मध्यनजर गर्दै उक्त बाल क्लबले साना बिद्यार्थी बालबालिकाहरूलाइ न्यानो कपडा बितरण गरिएको हरैंचा मोडल सेकेन्डरी इङलिस बोडिर्ङ स्कुलका प्रिन्सिपल रूद्र थापाले बताए ।
जाडोकै कारण न्यानो कपडा नपाएर शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था नआवस भन्ने उद्येश्यका साथ न्यानो कपडा बितरण गरिएको हरैंचा मोडल बाल क्लबका अध्यक्ष अभिनम थापाले बताए ।यता वडाबाट हुनुपर्ने यस्तो उदाहरणीय काम एक निजी बिद्यालयले गरेको देखेर खुशी लागेको सुन्दरहरैंचा नगरपालीका वडा नं १ का वडाध्यक्ष तथा कार्यक्रम प्रमुख अतीथी राम विश्वासले बताए ।
त्यस्तै आर्थिक अभावले रूमलीएका अभिभावकहरू जाडोमा बालबालिकाहरूलाइ न्यानो कपडा सम्म किन्न नसकिरहेको बेला हरैंचा मोडल सेकेन्डरी इङलिस बोडिर्ङ स्कुलमा रहेको बाल क्लबले बिद्यालयका बालबालिकाहरूलाइ ट्रयाकसुट उपलब्ध गराएको प्रती धन्यवाद ब्यक्त गर्दै यस्तो सामाजिक काममा सदैव लागि पर्नुपर्ने सुर्य ज्योती आधारभुत बिद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर खडकाले बताए । यता बालबालिकाहरूले न्यानो कपडा पाएपछि उनिहरूको अभिभावकहरू पनि खुशि देखिएका थिए ।
![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
-
ताजा श्रावण १२, २०८१भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीद्वारा धन्यवाद
-
ताजा श्रावण १२, २०८१मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
-
ताजा श्रावण १२, २०८१अष्ट्रेलियालीले हरेक वर्ष फ्याँक्छन् सात लाख टन बढी खाना
-
ताजा श्रावण १२, २०८१भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
-
ताजा श्रावण १२, २०८१बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
Comments