•  ९ आश्विन २०७९, आईतवार
  •  2:40:33 AM

महिलाहरूको हिम्मतले जन्माएको आमा सहकारी , ५ रूपैयाको बचतले उद्ममी सम्म बनायो

- श्रावण २०, २०७९ मा प्रकाशित


Share This..
  • तारा भट्टराई

इटहरी । इटहरी २० तरहराकी पार्वता श्रेष्ठको अहिले दैनिकि फेरिएको छ । १० वर्ष अघि सामान्य गृहणि रहेकी पार्वता अहिले सफल उद्ममी महिलाको रूपमा परिचित बनेकी छिन् । सामान्य घर खर्चकालागि पनि अरूको मुख ताक्ने परेको दिन सम्झदै उनि भन्छिन अब त्यो समय सकियो । तरहरा स्थित आमा बचत तथा ऋण सहकारी संस्थाबाट थोरै ऋण लगानी गरी सानो तरकारी व्यवसाय सुरू गरेकी पार्वता अहिले त्यहि तरकारी व्यवसायिकै ठुलो ब्यापारी मानिन्छिन । सहकारीमा बचत गर्दै जादा जम्मा भएको पुजीले सानो व्यवसाय सुरू गरेकी पार्वताले सोहि सहकारीबाट थोरै ऋण लगानी गरी तरकारी व्यवसाय बिस्तार गरेकी थिइन् । तरकारी व्यवसायले अहिले उनको दैनिकि फेरीएको छ ।

बिगतमा गाउभित्रै ओझेलमा परेकि पार्वता आजभोली इटहरी शहरभित्रकै सफल व्यवसायीको रूपमा चिनिन्छिन् । उनि एकल महिला पनि हुन् । त्यस्तै इटहरी २० तामाङ टाेलकी सिता वि.क को पनि दैनिकी पहिले भन्दा फरक छ । उनले बाख्रापालन गरेर जिविकोपार्जन गर्ने सपना बोकेपनि सफल हुन सकेको थिएन । दैनिक जसो श्रीमानसंग आर्थिक लेनदेनको विषयमा बिवाद भइरहन्थ्यो ।

T2

तरहरामा आमा बचत तथा ऋण सहकारीले उनलाइ नियमित बचत गर्न सिकायो र पछि सोहि बचत गरेको रकम निकालेर वर्षौदेखिको बाख्रा पालन गर्ने सपना पुरा गरिन । उनको अठोट र परिश्रमको कदर गर्दै सहकारीले प्रोत्साहन स्वोरूप केहि रकम ऋण मार्फत लगानी गरिदियो । त्सपछि उनको दैनिकि फेरिदै गयो र अहिले सिता गाउकै बाख्रापालन कृषकहरूको पहिलो सुचीमा पर्छिन । त्यो संगै उनि सफल व्यवसायीको रूपमा पनि चिनिन्छिन् । 

यि माथीका पात्रहरू  काल्पनिक नभइ सत्यमा आधरित हुन।   भनिन्छ दुःख नगरी सुःख प्राप्ती हुदैन,। यस्तै उदाहरण सुनसरीको इटहरी उपमहानगरपालीका २० तरहरास्थित महिलाहरूले स्थापना गरेको आमा बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाहरूलाई हेरे पुग्छ । समाजमा महिलाहरूले केहि गर्न सक्दैनन भन्ने पुरूषवादि सोचलाई पछि पार्दै महिलाहरूले त्यो बेला हिम्मत गरेर ५ रूपैया लगानी गरी स्थापना गरेको सहकारी अहिले साेहि समाजमा सफल ब्यवसायको रूपमा परिचित बनेको छ । 

Tara foto

२०६७ सालमा स्थापना भएको आमा बचत तथा ऋण सहकारी संस्थाले हाल सम्म गरेको प्रगति , भोग्नुपरेको समस्या र सामना गर्नुपरेको चुनौती र आगामी याेजनाहरू लगायत समसामयीक विषयमा सहकारीकी संस्थापक अध्यक्ष श्रीमती कमला खडकासंग गरिएको छोटो कुराकानी ।।

१)  सहकारीको स्थापना कहिले भयो ? अनी यसको बर्तमान अवस्था के छ ? 

२०६७ चैत्र २६ गते हामीले आमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड भनेर स्थापना गरेका हौ । त्यो बेला यहा सहकारीको संख्या एकदमै न्युन थिए । म झापा देखि आएर यहाको वातावरण बुझेपछि सहकारी स्थापना गर्यौ । अहिले भन्नुपर्दा नाफामुलक भन्दा पनि सेवामुलक ढंगले सहकारी अघि बढेको छ ।

२) सहकारी स्थापनाको सोच कसरी आयो ? 

म यहाको वासिन्दा थिइन सुरूमा झापा बसोबास गर्थे त्यसपछि इटहरी झरे । यहा आउदा मैले महिलाहरूको अवस्था एकदमै दयनीय देखे , सामान्य घरायसी खर्चकालागि श्रीमानसंग पैसा माग्दा गाली गलैज गर्ने तथा घरेलु हिंसाको शिकार बन्ने सम्मको अवस्था देखेपछि यसरी हुदैन महिलाहरू पनि अब आत्मनिर्भर बनिनुपर्छ भनेर सर्वप्रथम आमा समुह हाँसपोसा गठन गरियो , हप्तादिनमा एक पटक सब्जी खाने पैसा बचत गर्न लगाइयो बिस्तारै बचतको बानी बसेपछि रकम अलीअली गर्दै त्यहा जम्मा हुन थाल्यो र सोहि रकमलाइ सदुपयोग गर्न २०६७ साल चैत २६ गते आमा बचत तथा ऋण सहकारी दर्ता गरी बिधिवत रूपले सञ्चालन सुरू भयो । 

३) सहकारी स्थापना गर्दा सुरुवाती अवस्था कस्तो थियो ?

सुरूवातीकाे पहिलाे चरणमा जसको पनि कठिनाइ हुन्छ नै, त्यसमा पनि हामी महिलाहरूले मात्र स्थापना गरेको सहकारी भएको हुनाले सञ्चालनमा धेरै चुनौतिहरू आए । तर पनि त्यसलाइ एकवद्ध भएर सामना गर्दै अघि बढदा अहिले आमा सहकारी भनेपछि समाजमा एक प्रकारको नाम चै छ । सुरूमा महिलाहरूको ५ –५ रूपैया जम्मा गरेर स्थापना गरेको सहकारी हो ।

त्यतिबेला ४८ जना महिलाहरूले आफ्नो दैनिक हुने खर्चहरू कटाएर जम्मा गरेको रकमबाट स्थापित सहकारीमा अहिले शेयर सदस्यमात्रै ६ सय भन्दा बढी रहेका छन । सुरूमा ५ रूपैयाको लगानीबाट स्थापना भएको यो सहकारी अहिले १ करोड बढी पुजी जम्मा गर्न सफल भएको छ । संगसंगै आमा दिदी बहिनीहरूकालागि पनि यो सहकारी लोकप्रीय बनिसकेको अवस्था छ । 

४)  सुरूवाती समयमा के कस्ता चुनौतीहरुको सामना गर्नुपर्यो कस्ता  परिस्थीतीहरु उत्पन्न भए थोरै बताइदिनुस न ?

एक त महिलाहरूले मात्र सहकारी खोलेको यो आफैमा चुनौती थियो, त्यसमा पनि पुरूषवादी सोचले भरिएको समाजमा टिकेर बस्न झनै कठिन । यस्तो अवस्थामा हामीले घरको ब्यवहार संगै सामाजिक दायित्व पुरा गर्नुपर्ने अवस्था थियो । कतिपय महिलाहरूको त दैनिक जसो घरमा बिवाद हुने , आइमाइ भएर जान्ने पल्टिनुपरेको भनेर अफजस पनि खाइएको थियो । तर पनि महिला दिदिबहिनीहरूको साहस , अथक परिश्रमले आएका चुनौतीहरूको सजिलै सामना गर्दै यहा सम्म आउन सफल भएका छौ ।  पहिला श्रीमतीलाइ गाली गर्ने श्रीमानहरू पनि अहिले गर्व गर्न थालेका छन । अहिले घर खर्चकालागि कसैकाे मुख ताक्नु परिरहेकाे छैन । पहिले जस्ताे अहिले आर्थिक अभावले गुज्रीनु परेकाे छैन ।

५) यो सहकारीमा महिलाहरुको सहभागिता र आकषर्ण के कस्तो छ ?

मैले सुरूमै भनिसके यो महिलाहरूले नै स्थापना गरेको सहकारी हो भनेर ।जब मुल खम्बानै महिलाहरू भएपछि यसमा पुरूषहरू आकर्षित हुने कुरा त आउदैन होला ! हिजो ५, ६ जनाले मात्र सोच बनाएको ४८ जना हुदै अहिले ६०० भन्दा बढी महिला दिदिबहिनिहरू जोडिनुभएको छ ।अझै थपिने क्रम जारी छ ।समग्र रूपले भन्नुपर्दा सहकारीमा महिलाहरूको उपस्थिति उत्साहजनक देखिन्छ । 

६) यो सहकारीले महिलाहरूमा के कस्ता परिवर्तनहरू ल्याउन सफल भयो त ?

सहकारी स्थापनापछि महिलाहरूलाइ पहिलो कुरा जिम्मेवारी वहन गर्न सिकायो । अर्को कुरा समाजप्रति उत्तरदायी हुन तत्पर गरायो । धेरैको अवस्था सुधारेर समाजमा नयाँ पहिचान स्थापना गर्न टेवा पुर्यायो । अझ भनौ महिलाहरू हिजोको दिनमा घरखर्चकालागि श्रीमानको भर पर्नुपर्ने बाध्यतालाइ सधैको लागि हटाइदियो । अहिले महिलाहरू आफै आत्मनिर्भर बन्न सिकिसकेका छन । यो सब कहाबाट भयो भन्दा यहि सहकारीको लगानीबाट सम्भव भयो । यि सबलाइ छाडेर सबैभन्दा महत्वपुर्ण कुरा भनेको महिलाहरूलाइ मात्र नभइ पुरूषहरूलाइ पनि थोरै रकम बचत गर्न सिकायो । यो भन्दा ठुलो उपलब्धी अरू के नै हुन सक्छ र ?

७) यो सहकारीमा ऋण लगानीको अवस्था के कस्ता छन ?

अहिले सम्म हेर्दा सन्तोष जनक नै छ । तर बिगत ४ वर्ष अघाडी बिश्व अक्रान्त बनाएको कोरोना महामारीको बेला भने सहकारीलाइ समस्या परेको थियो त्यो बेला  ऋण लगानीको बातावरण नै थिएन , ज जस्ले लगानी लानुभयो उहाहरू मध्ये केहिले अहिले पनि भाका मागिरहनुभएको छ । मतलब त्यो बेला गरेको  ऋणलगानी जोखिमयुक्त थियो तर अहिले त्यस्तो छैन । यहि सहकारीबाट लगेको  ऋणबाट धेरै एकल महिलाहरू अहिले शिर उठाएर आफैप्रति गर्व महशुस गर्नुहुन्छ । 

८) यो सहकारीको आगामी योजनाहरू के के छन ?

योजना भनेको अबको दिनमा अझै शेयर सदस्य संख्या बढाउने , सामाजिक कामहरूलाइ थप सक्रिय बनाइने , आफनै भवन निर्माण गर्ने , सञ्चालक समितिलाइ थप प्रभावकारी बनाइने , बिपन्न महिला शेयर सदस्यहरूको जिवनस्तर उकास्ने लघुवित्त कार्यक्रम सञ्चालन गर्न कम्तीमा ५० जना शेयर सदस्यलाइ १ दिने सहकारी सम्बन्धी अभिमुखिकरण तालिमलाइ निरन्तरता दिइने र सहकारी के हो ? किन सदस्यता बन्नुपर्ने र यसबाट कसरी फाइदा लिने , यसप्रति सदस्यहरूको कर्तब्य के के हुन भन्ने विषयमा जानकारी दिने विषयले साकोशले कार्यक्रम गर्ने । त्याे संग संगै कृषि सम्बन्धी बिभिन्न याेजनाहरू ल्याएर महिलाहरूलाइ अझ सशक्त बनाइने छ ।

९) यहा सहकारी च्याउ पलाए जस्तो पलाएका छन धेरैको लगानी डुबेको अवस्था पनि छ कतिपय त कार्यालय नै बन्द गरेर फरार भएको अवस्था पनि छ । यहा बचतकर्ताहरूको अवस्था अनी उहाहरूको बचत कतिको सुरक्षित होला ?

हामिले सहकारी खोल्दा कहिले नाफा मुलक भनेर कामनै गरेनौ कसरी हुन्छ महिलाहरूलाइ उद्ममी बनाउनुथियो त्यसमा हामी सफल भयौ । जसले आज खोलेर भोली मालामाल हुन्छु भनेर सोच्यो त्यस्ता सहकारी डुबे अर्को भनेको लगातार ३ वर्ष सम्म कोरोना संक्रमणले सिंगो देशनै अक्रान्त बनेपछि धेरै सहकारीहरू लगानी उठाउन नसकेर डुबेको पनि छन । तर कतिपय सहकारीहरू नाफाकमाउने उद्येश्यले खोलिएका हुन्छन । डुब्ने पनि त्यस्तै हुन । हाम्रो त दैनिक महिलाहरूले सकेको बचत गर्ने हो । अहिले सम्मको अवस्था हेर्दा यसमा बचतकर्ता महिलाहरूको उत्साहजनक उपस्थिती देखिएको छ तर बचत आफ्नो दैनिकि अनुसार गर्नुहुन्छ यहा उहाहरूको लगानी खेर जान्छ भन्ने कुनै शंका नै छैन । ठुलो लगानी पनि छैन , सानो लगानी सानो बचत भएकोले त्यस्तो अवस्था आउदैन ।   

१० ) अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सहकारीका कुराहरू लिएर यहा सम्म आइदिनुभयो सर्वप्रथम त तपाइ लगायत तपाइको सञ्चारमाध्यम र सञ्चालक टिमलाइ धन्यवाद दिन चाहन्छु । अन्त्यमा भन्नुपर्दा महिलाहरूलाइ कमजोर होइन बिश्वास गरेर हेर्नुपर्छ । घरको मेन पिल्लर बनेर देखाइदिनुहुन्छ । त्यसैले उहाहरूलाइ कामप्रति अवसर र जिम्मेवारी पनि दिनुपर्छ । घरको चुलौचौकोमा मात्रै सिमित हुनुहुदैन त्यो भन्दा बाहिर पनि अर्को संसार हुन्छ । त्यसलाइ नियाल्ने प्रयत्न गर्नुपर्छ । काेक्राे हल्लाउने हातहरू बिश्व हल्लाउन सक्षम भएकाे उदाहरण हामी माझ प्रसस्तै छन । महिलाहरूले चाहे जे पनि गर्न सक्छन भन्ने गतिलो उदाहरण यहि सहकारीमा आवद्ध महिलाहरूलाइ हेरे पुग्छ । 

प्रस्तुती : तारा भट्टराई

.

Comments

सम्बन्धित खवर