मीनलाई आकस्मिक धनलाभ हुने, कन्याकाे दाम्पत्य जीवन सुखमय
- चैत्र ८, २०७८ मा प्रकाशित
काठमाडाैं: आजको पात्रो : ८ चैत २०७८ मंगलबार । मार्च महिनाको २२ तारिक २०२२ । फागुनकृष्णपक्ष चर्तुर्थी (चौथी) अर्थात् मंगल चौथी भनिन्छ । विशाखा नक्षत्र, बालब करण, हर्षण योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज विहान ११ः४७ देखि १२ः३५ सम्म अभिजित मुहूर्त रहेको छ । आजको ग्रहदेव सूर्य । मंगलबारको दिन विशेष गरी विध्नहर्ता, कर्ता गणेश र हनुमानको साधना गर्ने दिन हो ।
मंगलबारको दिन विहानदेखि गणेशको मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गर्दछ । कुनै निर्माणकार्य सम्बन्धी कामको शुरुवात मंगलबारका दिन गर्दा शुभ हुन्छ । आज विहान सूर्योदय ६ः०६ मा हुनेछ भने सूर्यास्त ६ः१५ मा हुनेछ । मंगलबारको दिन शुरु गरेको काम मंगल नैं हुन्छ भन्ने सामाजिक मान्यता रहेको छ ।
आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातकका लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । आजको दिन तपाईले बजारमा सामान खरिद नगर्दा हुन्छ । विहान सूर्य नारायणको दर्शन गर्नहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ । मौन बसेर काम गर्दा हुन्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आज विहानै सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।आज तपाईले गरेका कामहरु सफल हुनेछ । विहान गणेशको ध्यान र पूजा वा गणेश मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ । कसैसँग पनि बैरभाव नराखीकन काम गर्नु उत्तम हुनेछ । साताको सबैभन्दा महत्वपूर्ण र राम्रो दिन मानेर कार्य गर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट लाभ प्राप्त हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा सन्तानलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। कसैसँग पनि भैरभाव नराख्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा परिवारका सदस्यलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारबाट नसोचेको फाइदा मिल्नेछ । सिर्जनात्मक काममा लागिरहनु उत्तम हुनेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो
-
ताजा मंसिर ११, २०८१धुलाबारी बजारमा चल्याे ड्राेजर : अतिक्रमित संरचना भत्काउन थालीयाे
-
ताजा मंसिर ११, २०८१सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?विवरण सहित
-
ताजा मंसिर ११, २०८१हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
Comments