एमाले सांसद संख्या घट्यो, बलात्कारको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित हुँदै
- फाल्गुन १७, २०७८ मा प्रकाशित
काठमाडौं: बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।
‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार संसदको आगमी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ । मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परे सँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घटनेछ ।
जुम्लाकी माओवादी नेतृको उजुरीको आधारमा सांसद बानियाँ पक्राउ परेका हुन् । १८ माघमा २५ लाख रुपैयाँ दिन्छु भन्दै होटलमा बोलाएको तर पैसा नदिई उल्टै बलात्कार गरेको भन्दै शिक्षक शाहीले गत २७ माघमा उजुरी दिएकी थिइन् ।
सो उजुरीपछि पक्राउको आदेश लिए पनि लामो समय फरार रहेका बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
हाल बाँके जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका सांसद बानियाँलाई आज अदालतमा म्याद थपका लागि उभ्याइनेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments