•  ३ आश्विन २०८१, बिहीबार
  •  2:59:35 AM

मेयर आए लगतै उपमेयर अमेरिका उडिन्

- आश्विन ३, २०८१ मा प्रकाशित



काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन गए राति अमेरिका प्रस्थान गरेकी छन् । उपमेयर डङ्गोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए ।

डङ्गोलसँगै मनोनयनमा परेका डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् । उनी गए राति कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै त्यसतर्फ गएकी हुन् ।

मेयर बालेन शाह पनि भारतको बैंगलोरबाट काठमाडौं फर्केका छन् । शाह आइतबार त्यता गएर इन्द्रजात्रा विशेष कार्यक्रममा अनुपस्थित भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्नुपर्ने भएपछि उनी एकाएक बैंगलोर गएर इन्द्राजात्राको कार्यक्रम सकिएपछि फर्किएका हुन् । उनी जानाजान इन्द्रजात्राको कार्यक्रममा अनुपस्थित भएको चर्चा छ ।

महासभाको गएको भदौ २७ गते औपचारिक उद्घाटन भइसकेको छ । महासभा बैठकअन्तर्गतको ‘समिट अफ द फ्युचर’ मा उपमेयर डङ्गोललाई काठमाण्डौमा रहेको यूएनको प्रतिनिधि कार्यालय र सरकारले युवा नेतृत्व प्रतिनिधिका रूपमा मनोनयन गरेको हो । महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपमेयर डङ्गोल सहभागी हुनेछिन् । उपमेयरको सचिवालयका अनुसार उनले समिटका साथै संयुक्त राष्ट्रसङ्घका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा सहभागिता जनाउने छिन् ।

Comments

सम्बन्धित खवर