•  ३ आश्विन २०८१, बिहीबार
  •  3:06:44 AM

सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो

- आश्विन ३, २०८१ मा प्रकाशित



इटहरी । सुनको मूल्य आज थप आठसय रुपैयाँ घटेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो पनि सुनको मूल्य घटेको थियो। गएको मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य हिजो थप तीन सय रुपैयाँ सस्तिएर एक लाख ५६ हजार चार सयमा झरेको थियो।

सुन आज थप आठसय रुपैयाँ सस्तिएको हो। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ थियो।

गएको भदौ अन्तिम दिन (भदौ ३१ गते) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो पनि भाउ घटेर एक हजार ८ सय ९० रुपैयाँमा झरेको चाँदीको मूल्य आज थप १० रुपैयाँ घटेर एक हजार ८ सय ८० रुपैयाँमा झरेको छ।

Comments

सम्बन्धित खवर