•  ३ आश्विन २०८१, बिहीबार
  •  3:16:37 AM

स्रोत नखुलेको साढे ९ लाख नगदसहित भारतीय नागरिक पक्राउ

- फाल्गुन १२, २०७८ मा प्रकाशित



महोत्तरी: महोत्तरीको मनरासिसवा नगरपालिका–२ कट्टी गाउँबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला–१४ बस्ने ३० वर्षीय दिपक कुमार चौधरी रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडि ८३४६ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी इटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । 

त्यसपछि मोटरसाइकल चालक चौधरीलाई पक्राउ गरिएको थियो । 

उनलाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा महोत्तरीमा पठाइएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर