•  ३ आश्विन २०८१, बिहीबार
  •  3:53:48 AM

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

- फाल्गुन ११, २०७८ मा प्रकाशित



इटहरीः सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा ट्र्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोशी गाउँपालिका–८ का ६० वर्षीय भरत सहनी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । हिजो अपराहन्न ४ः४५ बजे प्रदेश २–०३–००१ नम्वरको ट्रकको ठक्करबाट घाइते भएका सहनीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक सर्लाहीको लालबन्दीका ५४ वर्षीय लासाङ दोर्जे जिम्वालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर