•  ३ आश्विन २०८१, बिहीबार
  •  3:16:44 AM

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

- फाल्गुन ११, २०७८ मा प्रकाशित



काठमाडौं: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक आज बस्दैछ । 

संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाइएको लोसपाले जनाएको छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । गत आइतबार बसेको संसद् बैठकमा एमसीसी टेबुल भएको छ । 

आगामी १६ फागुनसम्म एमसीसी सदनबाट अनुमोदन गरिसक्नुपर्ने डेडलाइन भएकाले भोलिकै बैठकमै पास वा फेलको टुंगो लाग्ने सम्भावना छ । संसदमा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । तर, उसले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । लोसपाका नेताहरूले एमसीसी सहयोग लिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर