•  ३ आश्विन २०८१, बिहीबार
  •  10:40:56 PM

एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक: समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय

- फाल्गुन ९, २०७८ मा प्रकाशित



काठमाडौं: एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए।

बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ । विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर