•  ३ आश्विन २०८१, बिहीबार
  •  4:17:38 AM

बुधबारसम्मका लागि संसद बैठक स्थगित

- फाल्गुन १, २०७८ मा प्रकाशित



काठमाडौं: प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । 

विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । 

प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने भनिएको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएका बेला प्रतिनिधिसभाको बैठक सारिएको हो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर