•  ३ आश्विन २०८१, बिहीबार
  •  4:05:14 AM

राप्रपा नेपालका अध्यक्षमा कमल थापा

- फाल्गुन १, २०७८ मा प्रकाशित



काठमाडौं: राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।  

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी  निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले न्युज कारखानालाई बताए । 

‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने । 

केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर