एमसीसीबारे प्रचण्डलाई ओलीको जवाफः पहिला सत्तारुढ दलले आफ्नो धारणा प्रस्ट पारोस्
- माघ २८, २०७८ मा प्रकाशित
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा सबैभन्दा पहिला सत्तारुढ दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत प्रतिपक्ष दल एमाले अध्यक्षलाई पार्टीको धारणा प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।
एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार एमसीसीमा एमालेले ‘निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीलाई फोन गरेका थिए । जबाफमा ओलीले पहिला सत्तारुढ दलको धारणा मागेका थिए ।
‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौ भनेर लिखित कागज नै गर्नु भएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन । पहिले आफूले निर्णय गर्नुस, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’ ओलीलाई उद्यृत गर्दै रिजालले जानकारी दिए ।
रिजालका अनुसार सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीबारे पहिला धारणा बनाउनु पर्ने एमालेको अडान यथावत छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments