•  ३ आश्विन २०८१, बिहीबार
  •  5:43:01 AM

राप्रपाको पदाधिकारी बैठक आज

- माघ २७, २०७८ मा प्रकाशित



काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बिहीबार बस्दैछ ।

बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेकाे हो ।

पार्टीभित्रकाे गुट-उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने उनले बताए ।

राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरी ३१ पदाधिकारी छन् ।

Comments

सम्बन्धित खवर