•  ३ आश्विन २०८१, बिहीबार
  •  3:53:13 AM

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्दै

- माघ २६, २०७८ मा प्रकाशित



काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्रि पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको उनको भनाइ छ । हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरू आज देउवा निवासमै जान लागेका हुन्  । देउवाले व्यस्तताको कारण देखाउदै हिजो बैठकमा सहभागी हुन नसकेको जनाएका थिए ।

सहमहामन्त्री पाण्डेका अनुसार आज पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो । बैठकमा भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको बिषय र अन्य समसामयिक बिषयमा छलफल हुनेछ । देउवासँग भेट्नुअघि नेता शेखर कोइराला समूह पनि छुट्टै छलफलमा छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर