•  ३ आश्विन २०८१, बिहीबार
  •  3:56:38 AM

स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक : लोसपा नेपाल

- माघ २६, २०७८ मा प्रकाशित



काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेकोलाई सकारात्मक रुपमा लिएको जनाएको छ । लोसपाका अध्यक्ष जितेन्द्र सोनलले बुधबार विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एवं विधिको शासनलाई सृदृढ एवं संस्थागत गर्ने हुँदा सकारात्मक रुपमा लिएको जनाएको छ । 

यस्तै, जारी विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २ असोज ०७४ लाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधीको अधिकारबाट वन्चित नगर्न पनि जोड दिएको छ । यदि यस्तो भएमा संविधानको मर्म र भावनाविपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्वन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गराएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर