•  ३ आश्विन २०८१, बिहीबार
  •  10:14:04 PM

काठमाडाैं उपत्यकामा आधा महिनापछि हट्याे सवारीसाधनकाे जाेरबिजाेर

- माघ २४, २०७८ मा प्रकाशित



काठमाडौं: कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएकाे हाे ।

७ माघ मध्यरातिदेखि जाेरबिजाेर लागू भएकाे थियाे । त्यसपछि १४ माघमा संशाेधन गर्दै सार्वजनिक सवारीसाधनमा जाेरबिजाेर हटाइएकाे थियाे । तर, निजी सवारीसाधनमा भने जाेरबिजाेर कायमै थियाे ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले काेराेना महामारीमा जारी स्वास्थ्य मापदण्डकाे पालना गर्नेगरी जाेरबिजाेर हटाइएकाे बताए । उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएकाे छ । -न्युज कारखाना 

Comments

सम्बन्धित खवर