सहकारीको रकम हिनामिनामा दोषी सावित भएका पञ्चमान महर्जन पक्राउ
- माघ २१, २०७८ मा प्रकाशित
काठमाडौं: काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं–१५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् ।
उक्त को–अपरेटिभमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो आर्थिक लाभ हुने ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोपमा दोषी सावित गर्दै १९ असार २०७३ मा काठमाडौं जिल्ला अदालतले संस्थाका लेखा समिति संयोजक महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।
तर, फरार रहँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २० माघमा स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१Azərbaycanın Bir Nömrəli Onlayn Kazino Məlumat Mərkəzi 202
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
Comments