इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
- मंसिर ९, २०८१ मा प्रकाशित
दुवै चालक पक्राउ
इटहरी । सुनसरीकाे इटहरीस्थित बालग्राममा आइतबार दिउसाे भएकाे दुर्घटनामा संलग्न ट्रिपर र म्याजिक भ्यानका चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
टिपर चालक मोरङको सुन्दरहरैँचा ३ गछियाका ३५ वर्षीय सागर मग्राती र म्याजिक भ्यान चालक इटहरी १२ खनारका ३९ वर्षीय श्याम बिकलाई नियन्त्रणमा लिइएकाे इटहरी प्रहरीले जनाएकाे छ ।
घटनाबारे प्रहरीसंग बुज्दा सुरूमा ट्रिपरले ठक्कर दिएकाे र गुरूङ दम्पती भुइमा बजारिना साथ म्याजीकले किचेर मृत्यु भएकाे जनाइएकाे छ ।
आइतबार दिउँसो १२ बजे इटहरी-१७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई ट्रिपर र म्याजिकले ठक्कर दिदा संखुवासभा धर्मदेवी नगरपालिकाका ३२ वर्षीया युवराज गुरुङ र उनकी पत्नी टीका गुरुङको मृत्यु भएको थीयाे ।
श्रीमती टिका गुरूङकाे किडनी सम्बन्धी उपचार गराउन आएका दम्पतीकाे इटहरी दुर्घटनामा परी मृत्यु भएपछि संखुवासभाकाे धर्मनाथ गाउपालिका शाेकमा डुबेकाे छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments