तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण थालियो
- कार्तिक १४, २०८१ मा प्रकाशित
संखुवासभा । संखुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले पाँच लाखदेखि ३४ लाखसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिए । तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा तीन सय ३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजना निर्माणका लागि करिब ६५ दशमलव ९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ ।
मकालु गाउँपालिकामा निर्माण भइरहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युतको उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताए । सतलजले अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण ढाँचामै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
-
ताजा कार्तिक २३, २०८१‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड
-
ताजा कार्तिक २३, २०८१विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड
-
ताजा कार्तिक २३, २०८१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
-
ताजा कार्तिक २३, २०८१खाेटाङमा मृग भनेर हानेको गोली आफ्नै साथीलाई लागेपछि …
Comments