सन्तोष परियारको चेतावनी : राजाको शासनमा ढुंगा हानेका हात हुन्, धाकधम्की नदेखाइयोस्
- कार्तिक १३, २०८१ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा धाकधम्की नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । आज (मंगलबार) बालुवाटारमा जारी रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उनले आफ्ना हातहरू राजाको शासन सत्तामा ढुंगा हान्ने रहेको बताए ।
‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्, हाम्रा केही साथीहरूलाई घरपकड भयो । स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही हुन्,’ उनले भने । उनले लोकतान्त्रिक विधिबाट सरकारमा रहेकाहरूलाई खारेज गरिसकेको बताए । आफ्नो संघर्षको कार्यक्रम जारी रहने भन्दै उनले यो संघर्ष कुनै व्यक्ति र पार्टीको मात्रै नभएको दाबी गरे ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
-
ताजा कार्तिक २३, २०८१‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड
-
ताजा कार्तिक २३, २०८१विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड
-
ताजा कार्तिक २३, २०८१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
-
ताजा कार्तिक २३, २०८१खाेटाङमा मृग भनेर हानेको गोली आफ्नै साथीलाई लागेपछि …
Comments