बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका प्रहरी जवानको मृत्यु
- आश्विन २१, २०८१ मा प्रकाशित
इटहरी । मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक आइतबार साँझ कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याइपुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किए जस्तो देखिने प्रहरीले जनाएको छ । यद्यपि, अनुसन्धान सुरु गरिएकाले वास्तविकता विस्तारै खुल्ने डीएसपी जोशी बताउँछन् । दुर्घटना लगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ६, २०८१रिहा लगत्तै दुर्गा प्रसाईले भने : जती पटक लगेर थुनुन् हार खादिन
-
ताजा पुष ६, २०८१बाजुरामा ५.२ रेक्टरको भूकम्प, त्रासमा स्थानीय
-
ताजा पुष ६, २०८१एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर आमनेसामने
-
ताजा पुष ६, २०८१नेपालमै पहिलाे पटक ३६ वर्षीय युवकलाई ‘मङ्कीपक्स’ सङ्क्रमण
-
ताजा पुष ५, २०८१जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, थप ४० करोड विगो माग
Comments