•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:04:36 AM

अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ मा

- आश्विन २०, २०८१ मा प्रकाशित



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को स्थगित २३ औं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने भएको छ । आज (शनिबार) बसेको अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलको बैठकले स्थगित भएको सम्मेलन आगामी मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको हो ।

यसअघि देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना एवं नेपालीहरुको महान् पर्व दसैँलाई देखाएर अखिल (क्रान्तिकारी) ले बन्दसत्र स्थगित गरेको थियो । अखिल (क्रान्तिकारी) को सम्मेलनमा उमेर हदको विषयलाई लिएर विवाद छ ।

Comments

सम्बन्धित खवर