कहालीलाग्दो भ्रष्टाचारको दुष्चक्र : विकल पौडेल विरुद्ध पाँचौ मुद्दा
- आश्विन १५, २०८१ मा प्रकाशित
काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तात्कालिन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नीविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार रुपैयाँ जरिवाना माग सहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टचारी ठहर भएर जेलमा रहेका पौडेल विरुद्धको यो पाँचौ मुद्दा हो ।
पौडेलले गैरकानुनी रूपमा विदेशी बैंकमा रकम जम्मा गरेको पुष्टि भएकोले विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरेको विभागले विज्ञप्ति मार्फत जनाएको छ । यसअघि अख्तियारको अनुसन्धानले नै पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशी बैंकमा खाता खोलेको, घुस र कमिसनवापतको रकम सोही खातामा जम्मा गर्न लगाउने र श्रीमतीको नाममा पठाउने गरेको फेला पारेको थियो । अख्तियारले थप अनुसन्धान गर्न विभागमा पत्राचार गरेको थियो ।
यसअघि एक साता अघि ७ असोज २०८१ मा पौडेलविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धानले हुन्डी कारोबारसम्बन्धी मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत अमेरिका पठाएको देखिएपछि उनीमाथि सिआइबीले अनुसन्धान गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा हुन्डी कारोबार खुलेको थियो। अख्तियारकै पत्रका आधारमा अनुसन्धान गरी एक करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो ।
सम्बन्धित खवर
-
ताजा आश्विन २१, २०८१बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका प्रहरी जवानको मृत्यु
-
ताजा आश्विन २१, २०८१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमालेको ५० लाख हस्तान्तरण
-
ताजा आश्विन २१, २०८१सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
-
ताजा आश्विन २१, २०८१अघि बढ्यो दुवै प्रहरीको विधेयक, परामर्शका लागि लोकसेवामा
-
ताजा आश्विन २१, २०८१गुल्सन झालाई किन्न सात टोलीको तानातान, गोलाप्रथाबाट कर्णालीले पायो
Comments