चार दिनपछि बल्ल सञ्चालनमा आयो मन्थलीमा विद्युत
- आश्विन १५, २०८१ मा प्रकाशित
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युतको दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्टेशनबाट वितरण गरिएको जिल्लाका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो ।
न्यू खिम्ती सवस्टेशनबाट मन्थली सवस्टेशनसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् खम्बा करिब ५२ घण्टाको मर्मतपश्चात् सोमबार साँझदेखि सेवा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण मन्थली मन्थली शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार वैकल्पिक रुपमा जनकपुर ढल्केवर मन्थली जोडिएको लाइनको पनि मर्मत जारी रहेको छभने मन्थली सवस्टेशनबाट जिल्लाका विभिन्न भागमा वितरण गरिएको ११ केभीको वितरण लाइन पनि सञ्चालनको प्रयास भइरहेको छ ।
विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लामा टेलिफोन, इन्टरनेट र खानेपानी सेवा समेत अवरुद्ध भएको थियो । विद्युत् सेवा सञ्चालन गर्न प्राधिकरणका कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय निकायका साथै रामेछापका ‘सहयोगी मन’ का सदस्यहरुले सहयोग गरेको स्थानीय समाजसेवी विपीन भट्टराईले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments