•  २ कार्तिक २०८१, शुक्रबार
  •  8:16:14 PM

धादिङ मलेखुमा सुख्खा पहिरो : मुग्लिन–नारायणगढ सडक रातभर बन्द हुने

- आश्विन १५, २०८१ मा प्रकाशित



काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ साढे ७ बजे गएको पहिरो पन्छाउन सुरक्षा निकाय खटिरहेको भएपनि राति नै पन्छ्याउन नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ । साथै प्रहरीले सम्पूर्ण सवारी चालकहरुले आ–आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न अनुरोध गरेको छ ।

Comments

सम्बन्धित खवर