प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
- आश्विन ४, २०८१ मा प्रकाशित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेको हुनाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली अमेरिकाबाट असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ४, २०८१बिदेशी पर्यटक आगमनलाई सहज बनाउन सरोकारवालाको जोड
-
ताजा आश्विन ४, २०८१प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
-
ताजा आश्विन ४, २०८१‘नेसनल डे कन्सर्ट’ मा बालेनको नारा लगाउने व्यक्ति ज्यान मुद्दाका फरार, अदालतमा बुझाइँदै
-
ताजा आश्विन ४, २०८१नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुको महत्व बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड
-
ताजा आश्विन ४, २०८१बामदेवको दावी : म ज्युँदो हुँदै कम्युनिष्ट पार्टीहरुलाई फेरि एकतावद्ध गरिछाड्छु
Comments