•  ३ आश्विन २०८१, बिहीबार
  •  10:10:18 PM

भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो

- आश्विन १, २०८१ मा प्रकाशित



काठमाडौं । भोटेकोशी नदीमा खसेको बोलेरो जीपका बेपत्ता चालकको शव फेला परेको छ । भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जीप भोटेकोशीमा खसेको थियो ।

सो गाडीका चालक भोटेकोशी गाउँपालिका–५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीबाट निकालेको हो । तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ ।

उनीसँगै नदीमा खसेकी महिलाको शव शनिबार दिउँसो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै भेटिएको थियो । शुक्रबार भोटेकोशीमा खसेको गाडीमा सवार बाह्रबिसे नगरपालिका–९ बस्ने ३६ वर्षीया सुन्तली  भनिने सुनिता तामाङको शव यसअघि भेटिएको थियो ।

Comments

सम्बन्धित खवर