•  ३ आश्विन २०८१, बिहीबार
  •  10:21:55 PM

अमेरिकाबाट आउँदै गर्दा त्रिभुवन विमानस्थलबाट हराएका भूसाल भेटिए

- भाद्र ३०, २०८१ मा प्रकाशित



काठमाडौं । अमेरिकाबाट फर्किदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेपत्ता भएका व्यक्ति भेटिएका छन् ।विमानस्थलबाट एकाएक हराएका ७६ वर्षीय दण्डपाणि भूसाल आफन्तको सम्पर्कमा आएका हुन् ।

उनी आइतबार मध्याह्न  सम्पर्कमा आएको उनका आफन्त विष्णुप्रसाद भण्डारीले जानकारी दिए । पठाओवालाले फोन गरेर तपाईंको मान्छे भेटिएको छ कहाँ ल्याई दिऔं भनेको र भुसालसँग पनि कुरा भएको विष्णुप्रसादले बताए ।
उनीहरू प्रहरी वृत्त गौशाला आउँदै गरेको पनि भण्डारीले जानकारी दिएका छन् ।

शनिबार विमानस्थल अवतरण गरिसकेपछि दण्डपाणीले बाहिर पर्खिरहेका आफन्तहरूलाई जानकारी गराएका थिए ।तर उनी नभेटिएपछि उनका आफन्तहरू आइतबार बिहान प्रहरी कार्यालय गौशाला पुगेका थिए ।  खोजतलास गर्ने क्रममा विमानस्थलको सिसिटिभी क्यामरा समेत हेरेका थिए । क्यामेरमा राति नै बाहिर निस्किदै गरेको दृश्य देखिएको  थियो । कसरी एकान्तकुना पुगे भन्नेबारे भेटिसकेपछि थाहा हुने भण्डारीले बताएका छन् । उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए ।

Comments

सम्बन्धित खवर