•  ३ आश्विन २०८१, बिहीबार
  •  10:10:22 PM

सप्तरीमा माइक्रो बसले ठक्कर दिंँदा नातीको मृत्यु, हजुरआमा घाइते

- भाद्र ३०, २०८१ मा प्रकाशित



सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रो बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ  । भारदहबाट  सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए । ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाती, बायाँ खुट्टालगायतका भागमा चोट लागेको छ । उनको उपचार भइरहेको छ । प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका  ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरोध गरेका छन् ।

Comments

सम्बन्धित खवर