•  ३ आश्विन २०८१, बिहीबार
  •  9:58:44 PM

प्रस्तावित १७ राजदूतबारे निर्णय गर्न बोलाइएको बैठक स्थगित

- भाद्र ३०, २०८१ मा प्रकाशित



काठमाडौं । आजका लागि बोलाइएको संसदीय सुनुवाइ समिति बैठक स्थगित भएको छ । विशेष कारणले बैठक स्थगित भएको समितिको  सचिवालयले जनाएको छ । बैठक ११ बजेका लागि बोलाइएको थियो । संसदीय सुनुवाइ समितिको अर्को बैठक असोज २ गते बस्ने छ ।

आजको बैठकमा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूका सम्बन्धमा छलफल  र निर्णय गर्ने कार्यसूची थियो । सरकारले चीनका लागि कृष्णप्रसाद ओली,अमेरिकाका लागि लोकदर्शन रेग्मी , बेलायतका चन्द्र घिमिरे, दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, जर्मनीमा डा. शैल रुपाखेती,पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल सिफारिस गरेको थियो ।

यस्तै मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदूतमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका राजदूतमा कपिलमान श्रेष्ठ, साउदी अरबमा नरेशविक्रम ढकाल, पाकिस्तानमा रिता धिताल, डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधार,श्रीलंकाको राजदूतमा रामकृष्ण भट्टराई र स्पेनको राजदूतमा सनिल नेपाल, रुसका लागि, जंगब चौहानको नाम सिफारिस गरेको छ ।

Comments

सम्बन्धित खवर