•  ३ आश्विन २०८१, बिहीबार
  •  3:49:34 AM

अमेरिका जानुअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

- भाद्र २७, २०८१ मा प्रकाशित



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असोज ४ गते अमेरिकाको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीले  संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।  भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।

Comments

सम्बन्धित खवर