•  ३ आश्विन २०८१, बिहीबार
  •  5:32:43 AM

इन्टरनेट रिचार्जको बिवाद हुदा बारामा श्रीमानले गरे श्रीमतीको हत्या, दुई छोरी घाइते

- भाद्र २६, २०८१ मा प्रकाशित



बारा । बारामा श्रीमानले श्रीमतीको घाँटी काटेर वीभत्स हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका–९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय बिमलकुमार बस्नेतले मंगलबार राति ७ः४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियारले पटक–पटक हात, खुट्टा र घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । उनको उपचारको क्रममा  मंगलबार राति ८ः१५ बजे मृत्यु भएको हो ।

बुवा आमाको झगडा छुट्याउने क्रममा दुई छोरी समेत घाइते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । उनीहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथमिक उपचारपपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको छ ।

घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने बिषयमा सुरु भएको झगडाले उग्ररुप लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । शौचालयमा रहेकी श्रीमतीले घरमा जडाज गरेको इन्टरनेटमा रकम नहुँदा सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गर्दा दुई जनाको भनाभन भएको थियो । मदिरामा मस्त श्रीमानले नजिकै रहेको धारिलो हतियारले शौचालयमा रहेकी श्रीमतीलाई प्रहार गरेका थिए ।

श्रीमान बिमल कुमार बस्नेतलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । बस्नेतलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।

Comments

सम्बन्धित खवर