पाँचथरकाे बम विष्फोट : सरकारले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति
- भाद्र २५, २०८१ मा प्रकाशित
इटहरी । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा विष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबारको मन्त्रीपरिषद बैठकले युद्धकालको बेवारिसे बम विष्फोटमा परी घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । सरकारले मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन २१, २०८१बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका प्रहरी जवानको मृत्यु
-
ताजा आश्विन २१, २०८१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमालेको ५० लाख हस्तान्तरण
-
ताजा आश्विन २१, २०८१सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
-
ताजा आश्विन २१, २०८१अघि बढ्यो दुवै प्रहरीको विधेयक, परामर्शका लागि लोकसेवामा
-
ताजा आश्विन २१, २०८१गुल्सन झालाई किन्न सात टोलीको तानातान, गोलाप्रथाबाट कर्णालीले पायो
Comments