१८ लाख यात्रु बोकेको बुद्धको यो जहाजलाई किन गरियो बिदाइ ?
- भाद्र २५, २०८१ मा प्रकाशित
काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर–४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले बिदाइ गरेको हो ।
२००८ सेप्टेम्बर १७ भित्रिएको सो जहाजले माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरू गरेको थियो । विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । ७० हजार उडान साइकल पूरा गरेपछि व्यावसायिक उडान भर्न नपाउने एटीआरको नियमअनुसार यो विमानलाई आजबाट उडान बन्द गरिएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरका अनुसार यो विमानले १८ लाख यात्रुलाई सेवा दिएको जनाइएको छ । नेपाल ल्याउनुअघि ३० हजार साइकल उडेको थियो । बुद्धसँग एटिआर ४२ सिरिजका तीन जहाज थिए, जसमध्ये एउटा जहाज उडान आवर सकिएर बिदा भएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन २१, २०८१बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका प्रहरी जवानको मृत्यु
-
ताजा आश्विन २१, २०८१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमालेको ५० लाख हस्तान्तरण
-
ताजा आश्विन २१, २०८१सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
-
ताजा आश्विन २१, २०८१अघि बढ्यो दुवै प्रहरीको विधेयक, परामर्शका लागि लोकसेवामा
-
ताजा आश्विन २१, २०८१गुल्सन झालाई किन्न सात टोलीको तानातान, गोलाप्रथाबाट कर्णालीले पायो
Comments