•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:53:25 AM

इन्दिरा रानालाई उपसभामुखबाट हटाउने सत्तापक्षको तयारी, रास्वपाले बोलायो आकस्मिक बैठक

- भाद्र २५, २०८१ मा प्रकाशित



काठमाडाैं । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन्। ‘पद अनुकुल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ लाई टेकेर सत्तारुढ दलले उपसभामुख राना मगरलाई हटाउने तयारी थालेका हुन्।

रास्वपा कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेसँगै राजनीतिक वृत्त एकपटक तरंगित भएको छ। अहिले रास्वपाले आकस्मिक बैठक बोलाएको नेताहरूले बताएका छन्।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि उपसभामुखले पछिल्लो समय पद अनुकुलको आचरण नगरेको उल्लेख गर्दै मार्गप्रशस्त गर्न आग्रह गरे।

‘मैले पनि मिडिया हेरेर थाहा पाएँ। उपसभामुखले पद अनुकुलको आचरण÷व्यवहार  गर्नुभएको छैन। पदीय मर्यादाको कुरा गर्नुभएको छैन,’ बर्तौलाले भने, ‘यो गम्भीर त्रुटी हो, यो मानवीय त्रुटी होइन, नियतवस गरिएको पद आचरण विपरितको गतिविधि हो।’

Comments

सम्बन्धित खवर