•  ३ आश्विन २०८१, बिहीबार
  •  5:44:10 AM

ताप्लेजुङमा अरिङ्गालले चिलेर अचेत बनेका युवकको मृत्यु

- भाद्र २५, २०८१ मा प्रकाशित



ताप्लेजुङ । अरिङ्गालको गोलाले चिलेर अचेत बनेका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार लिम्बूको उपचारका क्रममा सोमबार राति झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उनलाई चार दिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालको गोलाले चिलेको थियो ।

अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Comments

सम्बन्धित खवर