•  ४ आश्विन २०८१, शुक्रबार
  •  6:00:28 AM

धापाखेलमा श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

- भाद्र २५, २०८१ मा प्रकाशित



काठमाडौं । ललितपुरको धापाखेलबाट श्रीमतीको हत्याको आरोपमा एक युवकलाई पक्राउ परेका छन् । यही भदौ १२ गते राति खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका – ७ घर भई  ललितपुर महानगरपलिका –२४ धापाखेल नखुडोल बस्दै आएकी ३५ वर्षीया शशिकला राई मृत फेला परेकी थिइन् ।

शशिकला आफ्नै ओच्छ्यान (बेड) मा मृत फेला परेको भनी मृतकका आफन्तले  प्रहरीलाई सोही राति खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा निजकै श्रीमान वर्ष ३३ को भक्तिराज राईले कर्तब्य गरी शशिकलाको हत्या गरेको खुलेको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । पत्नी हत्या अभियोगमा भक्तिराजलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको उनले बताए ।

Comments

सम्बन्धित खवर