•  ३ आश्विन २०८१, बिहीबार
  •  5:40:33 AM

आरजुको प्रस्तावमा चित्रलेखा यादव अष्ट्रेलियाकाे राजदूत सिफारिस हुँदै

- भाद्र २४, २०८१ मा प्रकाशित



काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (सोमबार) बस्दै छ । बैठक साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गर्नेछ ।

परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन् । आइतबार मन्त्री राणाले मन्त्रालय तहबाट यादवको नाम प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई आज बस्ने मन्त्रिपरिष्दको बैठकले अनुमोदन गर्नेछ ।  कांग्रेसको कोषाध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरेकी छन् ।

यसअघि कांग्रेसको कोटाबाट सिफारिस भएकी कान्ता रिजालमाथि गम्भीर आरोप लागेपछि सरकारले उनको नाम फिर्ता लिएको थियो ।  रिजाल इजरायलमा राजदूत हुँदा आफूले लगेको सहयोगी भान्सेलाई उतै छोडेर आएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि नाम फिर्ता लिएको थियो । रिजालले आफू इजरायलको राजदूत हुँदा सहयोगीको रुपमा लगेका दुई व्यक्तिमध्ये एक जनालाई उतै छोडेर आएको उजुरी परेपछि उनको नाम राजदूत सिफारिसबाट फिर्ता गरिएको थियो ।

Comments

सम्बन्धित खवर