•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:48:25 AM

पाँचथर बम विस्फोट घटना : बालकको उपचार सरकारले गर्ने

- भाद्र २३, २०८१ मा प्रकाशित



पाँचथर, बम विस्फोटमा परी घाइते भएका फालेलुङ ५ डाँडागाँउका दुई जना बालकको उपचार सरकारले गर्ने भएको छ ।
पाँचथरमा भएको बम विस्फोटमा परी ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राई घाइते छन् । उनीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए ।

कीर्तिपुर अस्पतालको बर्न शाखामा पवन र दिप्सनको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शनिवार अस्पताल पुगेर बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उक्त अवसरमा घाइते बालकको सम्पूर्ण उपचार खर्च सरकारले लिने पौडेलले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘घाइते बालकहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्छ,’ पौडेलले भने ‘खर्च अभावले घाइतेहरू छटपटाउनु पर्दैन । उपचार खर्च सरकारले व्यहोर्छ ।’भदौ १३ गते डाँडागाँउका आइतबहादुर केरुङको घरमा बम विस्फोट हुँदा चार जना बालबालिका घाइते भएका थिए । घाइतेमध्ये दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ बर्सिया छोरी प्रिन्सिपल साँवाको निधन भएको थियो ।

पवन र दिप्सनलाई जिल्ला अस्पताल पाँचथर र विराटनगरको कोशी अञ्चल अस्पतालमा सामान्य उपचार पछि घर लगिएको थियो । आर्थिक अभावले उपचार प्रक्रिया पूरा नगरी घाइते बालकहरूलाई घर लगेपछि मानवअधिकारवादी संस्था सिबिनको पहलमा पवन र दिप्सनलाई कीर्तिपुर अस्पतालको बर्न शाखामा भर्ना गरिएको थियो ।पवनको आइसियुमा राखेर उपचार भइरहेको छ भने दिप्सनको जनरल वार्डमा राखेर उपचार भइरहेको छ ।

Comments

सम्बन्धित खवर