पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो
- भाद्र २३, २०८१ मा प्रकाशित
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६, धुमामा खसेको पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ । गए राति करिब १ बजेको समयमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी र उनका श्रीमान मानबहादुर चलाउने घर माथिबाट आएको पहिरोमा पुरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीयको सहयोगमा शव निकालिएको हो । पहिरोमा परी घाइते भएकी चलाउनेकी छोरी सम्झनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डएसपी पुरोषत्तम पाण्डेले जानकारी दिएका छन् ।
यस्तै सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया बिमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments