•  ३ आश्विन २०८१, बिहीबार
  •  3:39:25 AM

अनेमसंघ युवा कमिटिले इटहरीकाे माया घरमा आश्रीतहरूसंग मनाए तिज

- भाद्र २०, २०८१ मा प्रकाशित



इटहरी । अखिल नेपाल महिला संघ युवा कमिटिले महिलाहरूकाे महान पर्व हरितालिका तिजलाइ मध्यनजर गर्दै सुनसरीकाे इटहरीस्थित माया घर नेपालमा अाश्रीत १४६ जनालाइ एक छाक भाेजन गराएकाे छ । पछिल्लाे समय तिज जस्ताे पर्व भडकिलाे हुदै गइरहेकाे अवस्थालाइ मध्यनजर गर्दै बिकृती बिरूद्ध संघले सकरात्मक सन्देश सहित एक छाक खाना खुवाएकाे हाे ।

कार्यक्रमको अध्यक्षता अनेमसंघ युवा कमिटि कोशि प्रदेश अध्यक्ष एलिजा सिटौलाले गरेकि थिइन भने   प्रमुख आतिथ्यता अनेमसंघ केन्द्रिय  उपाध्यक्ष  मेनुका काफ्ले रहेकि थिइन ।

कार्यक्रममा  अनेमसंघ केन्द्रिय सदस्य तथा युवा केन्द्रिय कमिटि सचिव  शुभेच्छा अधिकारि  , प्रदेश कमिटि सचिवालय सदस्य  दुर्गा काफ्ले ,नरमाया कार्कि अनेमसंघ जिल्ला कमिटि सचिव , लिला दाहाल तथा विभिन्न सञ्चारगृहका प्रतिनिधिहरूकाे उपस्थिती रहेकाे थियाे ।

 

Comments

सम्बन्धित खवर