•  ३ आश्विन २०८१, बिहीबार
  •  9:58:54 PM

सिराहाका रुपेश यादवको मलेसीयामा छुरा हानी हत्या : आराेपित मिलन पक्राउ

- भाद्र १८, २०८१ मा प्रकाशित



इटहरी । रोजगारीका लागि मलेसिया गएका एक नेपाली युवकको हत्या भएको छ । सिराहाका रुपेश यादवको छुरा (चक्कु) प्रहारबाट हत्या भएको हो ।

उनकै साथी मिलन गुरुङले गए राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।  साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Comments

सम्बन्धित खवर