कैलालीकाे अत्तरियामा रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा युवकको गयो ज्यान
- भाद्र १६, २०८१ मा प्रकाशित
धनगढी । कैलालीको अत्तरियामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । गए राति सवा १ बजे कैलालीको गोदावरी नगरपालिका–१ धनगढी सडकस्थित पाठक पेट्रोल पम्प नजिक रोकिराखेको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका कैलाशलाई उपचारका लागि उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । ट्रक र चालक बझाङको बित्थडचिर गाउँपालिका–२ का भरत बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments