रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
- भाद्र १६, २०८१ मा प्रकाशित
चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज (आइतबार) बिहान रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए ।
आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका–१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो । सालको रुख ढलेपछि अवरुद्ध बनेको नारायणघाट–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments