•  ३ आश्विन २०८१, बिहीबार
  •  9:44:20 PM

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको गयो ज्यान

- भाद्र १२, २०८१ मा प्रकाशित



बारा । बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भइ हाल चितवनकको भरतपुर महानगरपालिका३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सोमबार (१० भदौ) दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले मंगलबार जानकारी दिएको छ । उनको काठमाडौंस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

Comments

सम्बन्धित खवर